देशब्यापी रुपमा हुने सरकार विरोधी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरु पनि सहभागी हुने

Politics

सोमवार देशब्यापी रुपमा हुने सरकार विरोधी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरु पनि सहभागी हुने भएका छन् । २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि कांग्रेसले नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा हेटौंडा र बरिष्ठ नेता पौडेल काठमाडौँको प्रदर्शनमा सहभागी हुने भएका छन । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमको नेतृत्व गर्ने कांग्रेसले जनाएको छ । सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा पुग्दा नेता चित्रलेखा यादव सप्तरीको कार्यक्रममा सहभागी हुने भएकी छन् । नेता पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहारको विरोधमा कांग्रेसले देशैभर विरोध प्रदर्शन गर्न लागेको हो । नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको आरोप पनि कांग्रेसले लगाइरहेको छ ।