ग्वार्कोस्थित पेट्रोल पम्पमा आगलागी

News

ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । ललितपुर महानगरपालका वडा नं. १७ मा रहेको उज्ज्वल पेट्रोल पम्ममा आगलागी भएको प्रहरीले जनाएको हो । पम्पमा पेट्रोल हाल्न आएको गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएपछि सो क्षेत्रमा सवारी जाम भएको छ भने आगो नियन्त्रणमा लिन स्थानीय र  नेपाल प्रहरी खटिएका छन्  । नेपाल प्रहरी, काठमाडौँ र ललितपुरको दमकलले आगो निभाइरहेको छ ।