कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी लडाईंमा जाने चेतावनी दिएका छन्।
विभिन्न अनलाइन र युट्युवहरुले आफ्नो बारेमा भ्रामक समाचारहरु लेखेको भन्दै उनले आक्रोश पोखेका हुन् । उनले छुट्टिसकेको सम्बन्धलाई तथ्यहीन तर्कहरु राखेर आफ्नो बेइजत गरेको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै धेरै सहेर बसेको तर अत्याचार नै गरेपछि आफू बोल्न बाध्य भएको उल्लेख गरेका छन् ।
उनले सामाजिक सन्जालमा पक्षबाट बारम्बार हुने अनावस्यक टीका टिप्पणी गर्नुका साथै युटुबमा आफ्ना बाल बच्चाहरुको फोटोको दुरुपयोग गरेको बताएका छन् ।
झण्डै तीन वर्षअघि सम्बन्ध विच्छेद गरेका गजुरेलविरुद्ध विभिन्न माध्यमबाट अर्को पक्ष (मिना ढकाल) बाट गाली बेइज्जती भइरहेको र त्यसको असर आफ्नो परिवारसम्म परेको भन्दै गजुरेलले अब सहन नसक्ने बताएका हुन्। सम्बन्ध विच्छेदपछि दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप धेरै सहेपनि अब नसहने उनले उल्लेख गरेका छन्।
