काठमाडाैं–दिल्ली उडान सुरु

News

नेपाल वायु सेवा निगमले काठमाडौं–दिल्ली हवाई सेवा सुरु गरेको छ। नेपाल र भारत दुवै देशको सहकार्यमा उडामा केही खुकुलो बनाइएको निगमले जनाएको छ।

निगमले यही १७ डिसेम्बरदेखि काठमाडाैं–दिल्ली उडान हाललाई प्रतिदिन एउटा उडान सुरु गर्न लागिएको जनाएको छ। कोभिड–१९ को कारणबाट दुवै देशका यात्रुलाई समस्या परेको भन्दै निगमले उडान संख्यामा समायोजन गर्न सकिने जनाएको छ।

साथै नेपाल र भारत सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डमा रहेर उडान गरिने पनि निगमले जनाएको छ।