भारतीय गायिका नेहा कक्कड अमिताभ बच्चनलाई उछिन्दै फोर्ब्स सूचीको शीर्ष स्थानमा

Entertainment

भारतीय गायिका नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटी सूचीको शीर्ष स्थानमा परेकी छन्। सामाजिक सञ्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रेटीको सूचीको पहिलो स्थानमा उनी परेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले यो खबर सामाजिक सन्जालमार्फत् नै सार्वजनिक गरेकी हुन्।

फोर्ब्सको यो सूचीमा भारतका १२ जना परेका छन् । सूचीमा परेका अमिताभ बच्चनजस्ता चर्चित हस्तीलाई पछि पार्दै नेहा पहिलो स्थानमा पुगेकी हुन्।

उनले भनेकी छिन्, ‘स्वयंप्रति निकै गर्वान्वित छु। तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु। धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद।’

इन्डियन आइडलकी निर्णायकसमेत रहेकी नेहाको हालै मात्रै गायक रोहनप्रित सिंहसँग विवाह भएको थियो।

https://www.instagram.com/p/CIxz1Jxj2lT/?utm_source=ig_embed&ig_mid=F5AC0D49-A6CA-4A4E-BB75-8161DBE215A2