५५ वर्ष पूरानो होटल अन्नपूर्ण बन्द, कर्मचारीले सबै भुक्तानी पाउने

News

पाँचतारे स्तरको होटल अन्नपूर्ण बन्द भएको छ । कोभिड–१९ को महामारीसँगै होटल क्षेत्रमा आएको मन्दीका कारण सञ्चालन खर्च धान्न सक्ने अवस्था नभएपछि बन्द गरिएको । सन् २०२१ भरका लागि होटल बन्द गरिने जानकारी गराइएको छ। आउँदो वर्ष समेत विदेशी पर्यटक उल्लेख्य रुपमा आउने सम्भावना नदेखिएका कारण तत्कालका लागि होटल नखोलिने र अध्ययन गरेर अर्को वर्षदेखि होटल खोल्ने कि नखोल्ने भन्नेबारे निर्णय गर्ने संबद्ध स्रोतले जनाएको  छ ।

होटल अन्नपूर्ण सन् १९६५ देखि सञ्चालनमा आएको हो । काठमाडौंको मुटु दरबारमार्गको ५.५ एकड क्षेत्रफलमा फैलिएको यस होटलमा ३ सय ५० भन्दा बढी कर्मचारी छन् । ती सबैलाई नियमानुसार पारिश्रमिक र सुविधा दिएर बिदाई गरिने बताइएको छ ।