प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा नेताहरुले हस्ताक्षर संकलन गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल पक्षका असन्तुष्ट सांसदले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरेका हुन् । हस्ताक्षर कार्यक्रममा नेकपा कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाललगायतका नेताहरु सहभागी थिए । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गरेसँगै त्यसको विरोध भइरहेका बेला दाहाल– नेपाल पक्षका सांसदहरु सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन् । नेकपा सांसद पम्फा भूषालले प्रधानमन्त्री ओलीले संविधान बिपरित कार्य गरेकाले त्यसको विरुद्ध हस्ताक्षर संकलन गरिएको जानकारी दिइन ।
आइतबार बिहान प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिसलाई दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन ।