ओलीको कमद नसच्चिए जनविद्रोह गर्ने : उपेन्द्र यादव

Politics

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कमद नसच्चिए जनविद्रोह गर्ने चेतावनी दिएका छन्।

विराटनगरमा शनिबार आयोजित विरोधसभामा अध्यक्ष यादवले संसद विघटनको कदम नसच्चिए जनविद्रोह गर्ने चेतावनी दिएका हुन्।

संविधानमा प्रधानमन्त्रीलाई जथाभावी गर्ने अधिकार नभएको भन्दै उहाँले आन्दोलनकारी शक्तिहरु मिलेर जानुको विकल्प नभएको बताए। सबैको एकताले राजा फालिए अब सबैको सहकार्यले ओली प्रवृत्तिलाई फाल्नुपर्ने उनको भनाइ छ ।

पुर्व प्रधानमन्त्री एव्म संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने बताए। विश्वमा भ्रष्टहरुको नेपाल अग्रस्थानमा रहेको बताउदै उनले प्रधानमन्त्रीले नै भ्रष्टहरुलाई संरक्षण गरेको आरोप लगाएका छन्।