न्युज २४ बाट बाहिरिए रवि लामिछाने

News

चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन्।

लामिछानेले बुधवार साँझ सामाजिक सञ्जालमार्फत भोलि बिहीवार प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने उल्लेख गरेका हुन्।

केही वर्षदेखि ‘सिधा कुरा जनता’सँग कार्यक्रम सञ्चालन गर्दै आएका लामिछानेले सोही कार्यक्रममार्फत जनचासो, भ्रष्टाचार र बेथितिका विषयमा आवाज उठाउँदै आएका थिए । लामिछानेले अर्को टेलिभिजन च्यानलमार्फत नयाँ   कार्यक्रम लिएर आउने बुझिएको छ ।