केही समयअघि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विक पक्राउ परेका छन्। उनको बच्चा बोकेर रिक्सा चलाउँदै गरेको फोटो केही समयअघि थुप्रै मिडियामा कभर भएको थियो।
शरीर बन्धक तथा जबरजस्ती करणीको आरोपमा विक मंगलबार काठमाडाैंको तीनकुनेबाट पक्राउ परेका हुन्। कैलाली र काठमाडौं प्रहरीको समन्वयमा उनलाई कैलाली प्रहरीले जानकारी दिएको छ ।
विष्टका अनुसार कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानी बस्ने २४ वर्षीय विकविरुद्ध शरीर बन्धक बनाएको आरोपमा कैलाली प्रहरी कार्यालयमा जाहेरी परेको थियो।
यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।