राज्यविरुद्धको कसुरमा रामकुमारी झाँक्री विरुद्ध पक्राउ पुर्जी जारी

Politics

प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीले राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको हो ।

बिहीवार (आज) झाँक्रीलाई पक्राउ गर्नका लागि प्रहरी उनको निवास शंखमुल पुगेको छ । त्यस्तै उनका समर्थकहरु पनि नाराबाजी गर्दै उनको निवास पुगेका छन् ।

आज नै प्रहरीले उपस्थित हुनको लागि झाँक्रीलाई प्रहरीमा उपस्थित हुनको लागि आग्रह गरेको थियो । यद्यपी उपस्थित नभएमा पक्राउ गर्ने बताएको थियो ।

झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सार्वजनिक कार्यक्रममा विवादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गर्ने बताएको थियो ।