झाँक्री रिहा

Politics

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । महानगरीय प्रहरी महाशाखाले बिहीबार रिहा गरेको हो । बिहीवार (आज) दिउँसो प्रहरीले झाँक्रीलाई उनको निवास शंखमुलबाटै पक्राउ गरेको थियो  । आज बिहान उनलाई  राज्यविरुद्धको कसुरअन्तर्गत पक्राउ गरेको थियो । उनले गत माघ १७ गते गोरखाको विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि टिप्पणी गरेकी थिइन् ।