प्युठानमा आगलागीमा परि एक वृद्धको मृत्यु

News

प्युठानमा घरमा भएको आगलागीमा परि एक वृद्धको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नम्बर १ सल्लिकोटमा आज बिहान आगलागी हुँदा ८० वर्षीय आइतसिंह विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।घरमा आगलागी भएपछि सामान निकाल्न जाँदा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ । घरका अन्य सदस्य बाहिर निस्किएको समयमा आज विहान करिब ७ बजे विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट घरगोठ समेत पूर्ण रुपमा जलेको छ । परिवारमा विरकट्टाको श्रीमती, बुहारी र पाँच जना नाति नातिना रहेका छन् ।