ए डिभिजन लिगमा आज सरस्वती र एनआरटी तथा पुलिस र शेर्पा भिड्ने

Sports

काठमाडौं, १ पुस । ए डिभिजन लिगमा आज सरस्वती र एनआरटी तथा पुलिस र शेर्पा भिड्ने, पोखरामा जारी पीपीएलमा क्रिकेटमा पोखरा पल्टन र चितवन राइनोज बीच खेल हुँदै ।

सहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज पनि २ वटा खेल हुनेछन्  भने पोखरामा जारी पीपीएल क्रिकेटमा एक खेल हुनेछ ।

ए डिभिजन फुटबलको पहिलो खेलमा सरस्वती युवा क्लब र न्यूरोड टिम एनआरटी तथा दोस्रो खेलमा क्लब नेपाल पुलिस र हिमालयन शेर्पा आमने सामने हुने छन् । पहिलो खेल सातदोवाटोमा मध्यान्ह साढे १२ बजे हुने छ भने दोस्रो खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजेदेखि शुरु हुनेछ ।