सुनचाँदीको मूल्य उकालिँदै

Economy

बुधवारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ६ सयले बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार २ सय रहेको थियो भने आज प्रतितोला सुनको मूल्य ८६ हजार ८ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रीततोला तेजावी सुनको मूल्य ८६ हजार ३ सय ५० रहेको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदी १२ सय ७० मा कारोबार भएको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १२ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।