सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गर्नेछिन्।
महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएपछि सरकारले
अधिवक्ता बडाललाई रिक्त रहेको पदमा नियुक्तिका लागि सिफारिस गरेको हो।
प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दामा विज्ञ मानिन्छन्।