काठमाडौं : दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगड पक्राउ परेका छन्।
दुगडलाई कालीमाटी क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
उनले भने, ‘प्रकाश दुगडलाई कालिमाटीबाट पक्राउ गरेर प्रहरी वृत्त कालिमाटीमा राखिएकाे छ। थप अनुसन्धान भइरहेकाे छ।’
खातामा रकम नभएको चेक दिएपछि कमलपोखरी वृत्तमा उनीविरूद्ध जाहेरी परेको थियो।