‘हनी ट्र्याप’मा फसाएर रकम असुलेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
प्रक्राउ पर्नेमा काठमाडौँको गोंगबु बस्ने जाजरकोटकी २८ वर्षीया संगीता शाह (रितु), गोंगबु बस्ने सिन्धुपाल्चोककी २१ वर्षीया सुस्मिता गिरी र स्वयम्भू बस्ने नुवाकोटका २१ वर्षीय शंकर खनाल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरुले कपन र इमाडोल बस्ने दुईजना पुरुषलाई चावहिलस्थित एक गेष्टहाउसमा भेट्न बोलाएर सँगै बसेको गोप्य भिडियो बनाई रकम असुलेका थिए।
उनीहरुले पीडितसँग ब्ल्याकमेल गरेर पटक–पटक गरी नगद आठ लाख रुपैयाँ र शंकर खनालको नाममा पाँच लाख रुपैयाँको चेक काट्न लगाएर लिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।