एमाले पार्टी कार्यालय नयाँ भवनमा, प्रधानमन्त्रीद्वारा अवलोकन

Politics

नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा सर्ने भएको छ ।

थापाथली हाइटस्थित उमंगमार्गमा रहेको कार्यालय भवनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्नुभएको छ । सँगै अवलोकनमा रहनुभएकी कृषि तथा पशुंपक्षी विकास मन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीले नयाँ भवन राम्रो रहेको प्रतिक्रिया दिनुभएको छ ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको जानकारी दिनुभयो । साढे २ तलाको उक्त घरमा १३ कोठा छन्।

बल्खुमा रहेको एमाले पार्टी कार्यालय भूकम्पले भत्किएपछि २०७२ सालमा धुम्बाराही सारिएको थियो ।