सरकारले अन्डामा पनि आत्मनिर्भर भएको भनेर घोषणा गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अन्डा सहित मासु र दुधमा पनि आत्म निर्भर भएको घोषणा गरिएको थियो । तर, नेपालमा यी तीनै बस्तु व्यापाक मात्रामा आयात हुने गरेको छ ।
यी बस्तु मात्रा नभएर अन्डा राख्ने क्रेट जस्तो सामान्य बस्तु पनि नेपालमा आयात भएको पाइएको छ । चालु आवको फागुन मसान्तसम्म मात्र नेपालमा ८८ लाख १७ हजार रुपैयाँको अन्डा राख्ने क्रेट आयात भएको छ ।
भन्सार बिभागको फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । बिभागकाअनुसार ३५ हजार ४० केजी यस्तो सामान आयात भएको छ ।