नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको आइतबार बेलुकी निधन भएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोभिड–१९ संक्रमणपश्चात् भएको निमोनियाका कारण ९१ वर्षको उमेरमा मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
उनी २०४० जेठदेखि २०४४ साल जेठसम्म प्रधानसेनापति भएका थिए ।अवकाश प्राप्त महारथी राणाको परिवारलाई सेनाले समवेदना व्यक्त गरेको छ ।