मुकुन्द भट्टको निर्देशनमा एक्सन प्रधान फिल्म ‘एक्स नाइन : लेभल वान’ बन्ने भएको छ । सामाजिक सञ्जालमा फिल्मको पोष्टर सार्बजनिक गर्दै निर्देशक भट्टले फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रिलर भनेर उल्लेख गरेका छन् । उनले बैशाख २० गते एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिने बताएका छन् ।
फिल्ममा सरोज रिजाल कार्यकारी निर्माता रहने छन् भने फिल्मको निर्मातामा यादव प्रसाद पाठक गर्ने छन् ।
फिल्मको कथा, पटकथा तथा संवादमा निर्देशक भट्टसहित नरेशनाथ योगी (किंग योगी) रहेका छन् ।
यस फिल्मको चर्चा हिरोमा अनमोल केसीलाई लिन लागिएको विषयले पनि पाएको छ । अहिले नेपाली फिल्मी बजारमा यस फिल्मका लागि अनमोललाई ७५ लाख अफर गरिएको चर्चा छ ।
साथै फिल्ममा सौगात मल्लले भिलेनको भूमिका गर्न लागेको बताइएको छ । यद्यपी निर्देशक भट्टले बैशाख २० गते आधिकारिक रुपमा कलाकार र फिल्मको घोषणा गर्ने बताएका छन् । फिल्ममा करिब ५ करोडको लगानी हुने बताइएको छ ।
निर्देशक भट्टले यसअघि फिल्म ‘लप्पन छप्पन २’को निर्देशन गरेका छन् । यद्यपी यो फिल्म कोरोनाका कारण प्रदर्शनमा आउन भने सकेको छैन ।