ओली भारतकै टाङमुनि छिरे: देउवा

Politics

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई हटाउन खोजेको तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले अप्ठेरो भएको बताए । उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जसपाले समर्थन गर्न लागेको दाबी गरे । देउवाले पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री ओली अहिले भारतकै टाङमुनि छिरेको आरोप लगाए ।
सभापति देउवाले नेविसंघमा रहेको गुटबन्दीप्रति पनि आपत्ति जनाए । एउटै क्याम्पसमा तीन चारवटा समूह रहेको भन्दै देउवाले यस्तो अवस्थामा नेविसंघलाई अघि बढ्न गाह्रो हुने बताए ।