खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न अनुराेध

News

नेपाल एलपि ग्यास उद्योग संघले खाना पकाउने ग्यास सिलिन्डर खालि छ भने भरेर राख्न उपभोक्तालाई अनुराेध गरेको छ। कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुन सक्ने भन्दै संघले खालि ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न अनुराेध गरेकाे हाे।

गत सालकाे लकडाउनमा पनि सबै उपभाेक्तालाई ग्यासकाे अभाव हुन नदिएकाे स्मरण गर्दै संघले अहिले पनि ग्यासकाे अभाव हुन नदिन संघ लागिपरेकाे जनाएकाे छ। नेपाल आयल निगमले कोरोना महामारीमा सहजै सिलिन्डर उपलब्ध गराउन संघलाई पत्र काटेकाे छ।