नेपाली सेनालाई विदेशबाट आउने व्यक्तिहरूलाई राख्नका लागि ८ वटा स्थायी प्रकृतिका क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मेवारी दिन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले भारत र अन्य मुलुकबाट आउने व्यक्तिहरूलाई राख्नका निम्ती ८ वटा विभिन्न स्थानमा क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गर्नका लागि सरकारलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकले सम्भवतः सोही सिफारिसअनुसार निर्णय लिने ती मन्त्रीले जानकारी दिए ।
कोरोना संक्रमण बढेसँगै विदेशबाट स्थलमार्थ र हवाइमार्ग हुँदै नेपाल आउनेको संख्या बढेकाले सेनालाई स्थायी प्रकृतिका सेन्टर स्थापना गर्ने जिम्मेवारी दिन सिफारिस गरिएको हो । क्वारेन्टाइन सेन्टरको व्यवस्थापनको जिम्मेवारी सेनालाई दिन सिफारिस भएको हो ।