न्यून आय भएका नागरिकको जीवन रक्षाको माग गर्दै प्रधानमन्त्रीलाई सांसद संग्रौलाको पत्र

Health-Education News Politics

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कोरोना महामारीका बेला न्यून आय भएका सर्वसाधारणहरुको जीवन रक्षाका लागि सरकारसँग माग गरेकी छिन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै सांसद शर्माले निषेधाज्ञाका कारण समस्यामा परेका न्यून आय भएका सर्वसाधारणका लागि कार्ययोजना ल्याउन माग गरेकी हुन् ।

प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै उनले कोरोना महामारी रोक्न उत्तम विकल्प लकडाउन नै भएको तर त्यसबाट सर्वसाधारणमा असर पर्ने भन्दै त्यसलाई न्यूनिकरणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् ।

त्यस्तै उनले नेपालको संविधान २०७२ ले हरेक नागरिकको सुरक्षित र सहज जीवन प्रत्याभूत गरेकाले भन्दै त्यसको परिपूर्ती नै अहिलेको आवश्यक्ता रहेको बताएकी छिन् ।