शुक्रबार मध्यरातको १२ बजेपछि मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
सरकार गठनका लागि राष्ट्रपतिबाट दुबै पक्षको दाबी खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।
बालुवाटार स्रोतका अनुसार मन्त्रीहरुलाई राति ११ पछि मात्रै खबर गरिएको थियो । बैठक राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी गरिएको केही मिनेटमै सुरु भएको हो ।
स्रोतका अनुसार मन्त्रिपरिषदको यही बैठकले मध्यावधी चुनावको घोषणा गर्नसक्ने समेत बुझिएको छ ।