
प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।आज प्रधानमन्त्री ओलीले ७ जना मन्त्री र १ राज्य मन्त्री नियुक्त गरेको हुन् ।नवनियुक्त मन्त्रीहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
प्रधानमन् त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, वन तथा वातावरणमन्त्री नारदमुनि राना नियुक्त गरेका छन् । त्यस्तै सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, बिनाविभागीयमन्त्री मोहन बाँनिया र वन राज्यमन्त्री आशाकुमारी विक नियुक्त भएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिमण्डल गठन गरेका थिए ।
