दक्षिणकाली घटना : प्रारम्भिक अनुसन्धान सकियो, घटनास्थल नजिकै भेटियो झोला

Crime

दक्षिणकालीमा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि त्रि.वी शिक्षण अस्पताल पठाइएको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान सकिएपछि शव घटनास्थलबाट पोष्टमार्टमका लागि पठाइएको हो ।

“घटनास्थलको प्रारम्भिक अनुसन्धान सकिएको छ । शव पोष्टमार्टमका लागि पठाएका छौं । शवको सनाखत भएको छैन् ।” इलाका प्रहरी कार्यालय फर्पङ्गिले लोकपथलाई जानकारी दिएको छ।

घटनास्थलमा झोला भेटिएको छ । उक्त झोलामा सिक्री, टप र मेकअपका सामान भेटिएको प्रहरीले जनाएको छ ।

“ला मृतक महिलाको हो वा होइन भन्ने पक्का भइसकेको छैन् यसबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।”

फेरेन्सिक टोली र तालिम प्राप्त कुकुर घटनास्थल पुगेका थिए ।

दक्षिणकालीको बसपार्क नजिकै रहेको शौचालयमा उनको शव आज फेला परेको थियो । अनुहारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो ।