“नेपाल वायुसेवा निगमको रणनीति सुधारका लागि भइरहेका कार्यहरुको सम्बन्धमा विभिन्न महानुभावहरुबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवम् कार्यक्रमहरु नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।
