ललिता निवास जग्गा प्रकरण : विजयकुमार गच्छादारसँग १० लाख धरौटी माग

News

बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

तत्कालिन उपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छादारलाई आज भएको थुनछेक बहसका क्रममा विशेष अदालतले १० लाख धरौटीसहित छुटाउन आदेश दिएको हो ।

गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता गच्छदारको नाम उल्लेख थियो ।

ललिता निवास प्रकरणमा बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषदमा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा कार्य गरेको अभियोगमा मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आज थुनछेकका लागि उपस्थित भएका थिए ।