यसकारण दिए प्रतिनिधिसभा सदस्यबाट भीम रावलले राजीनामा

Politics

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सदस्यबाट राजीनामा दिएका छन्। अनैतिक राजनीतिक खेलमा आफू सहभागी नबन्ने भन्दै नेता रावलले संसद भवन नयाँ बानेश्वरमा राजीनामा दिएका हुन्। राजनीतिक शीर्ष नेतृत्वबाट देश र जनताको हित विपरित काम भएको र अनिश्चयको दिशातिर धकेलेको भन्दै नेता रावलले यसबाट नेपाल र नेपालीको शिर निहुरिएको बताए।

केही समय यता राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता र पदलिप्ता, विधि तथा पद्धतिलाई आत्मकुत्सित एवं निहित स्वार्थका लागि अत्यन्त स्वेच्छाचारी र निरंकुशता तन्त्रले काम गर्ने, अनैतिक चरित्रले घृणित अभ्यास भइरहेको बताउँदै नेता रावलले यसले कुनै पनि लोकतन्त्र र देशप्रेमीको मन रुने र यसलाई रोक्न आफूले राजीनामा दिएको बताए । नेता रावल २०७४ को प्रतिनिधि सभामा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सासंद हुन्।