अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे

International

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिबान समूहले काबुललाई नियन्त्रण लिनुपूर्व नै उनले अफगानिस्तान छाडेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति घानी देश छाडेर ताजकिस्तानतर्फ गएको बताइएको छ । तालिबानले अफगानिस्तानका विभिन्न शहरहरुमा कब्जा जमाएका छन् ।