बागमतीमा १२ सांसदले छोडे एमाले, एकीकृत समाजवादीमा सनाखत (नामावलीसहित)

Politics

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित १२ सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार प्रदेशको निर्वाचन कार्यालय हेटौँडामा १२ सांसदहरु एकीकृत समाजवादीको नाममा सनाखत गर्न उपस्थित भएका हुन् । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको थियो । सोही आज उनीहरुले एकीकृत समाजवादी रोजेका हुन् ।

यी हुन् १२ सांसद

राजेन्द्र पाण्डे

राजेन्द्रमान श्रेष्ठ

लक्ष्मण लम्साल

वसुन्धरा हुमागाईं

वसन्त मानन्धर

रमा आलेमगर

कुसुम कार्की

पार्वती सिलवाल

इन्द्रमाया गुरुङ

मनु सिग्देल

माधव पौडेल

कृष्ण खनाल

त्यसैगरी अन्य प्रदेश सभा सदस्यहरुले भने भोलि सनाखत गर्ने बताइएको छ ।