काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने युवाहरु पक्राउ परेका छन् । मंगलबार दिउँसो एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् । सोही क्रममा एमसीसीको विरोधमा युवाहरु विमानस्थल पुगेका थिए ।
एमसीसीको विरोधमा पुगेका युवाहरुले ‘वी हेट एमसीसी’, ‘गेट आउट एमसीसी’, ‘गो ब्याक एमसीसी’ लगायतका नाराहरु लगाएका थिए । यसअघि पनि नेपालस्थित अमेरिकी राजदूतावासअघि पनि प्रदर्शन भएको थियो ।