जसलाई फेसबुक भ्यु एपमार्फत नियन्त्रण गरी खिचिएका फोटो तथा भिडियो अन्य एपमा पठाउन सकिनेछ ।
उक्त रेबन स्टोरिज नाम दिइएको ग्लासको बजार मूल्य २ सय ९९ अमेरिकी डलर तोकिएको छ ।
क्यामेराको लागि ग्लासमा एउटा बटन उपलब्ध गराइएको छ । अथवा तपाईंले ‘हे फेसबुक, टेक अ भिडियो’ भनी भ्वाइसमार्फत पनि ग्लासलाई फोटा तथा भिडियो खिच्नका लागि निर्देशन दिन सकिनेछ ।