सोमालियामा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको मृत्यु

International

सोमालियमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगाडिसुमा राष्ट्रपति भवनको नजिकै बम विस्फोट हुँदा दर्जनौँ मानिस घाईते भएका छन् । स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले रोयटर्सले जनाएअनुसार घटना अलकाइदा निकट अल सहाबले गराएको हो ।

Aftermath of the bombing in Mogadishu

राष्ट्रपति भवनतिर जाँदै गरेको एक समूहमाथि लक्षित गरेर सो आक्रमण भएको समाचारमा उल्लेख छ।

Civilians and Somalian security officers gather at the scene of a suicide car bomb at a street junction near the president's residence, in Mogadishu, Somalia, September 25, 2021. REUTERS/Feisal Omar

घटनास्थल रगताम्य भएको छ । हालसम्म सात वटा कार र तीनवटा रिक्सा ध्वस्त भएका छन्।