जिल्ला बाँके सिम्री ५ कोहलपुर बस्ने वर्ष ३६ को जगेश्वर थारु अबैध काठ ओसार पोसार मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको मिति २०७३।१०।२३ गतेको फैसलाले ८ महिना कैद र १००००।– (दश हजार) जरिवाना तोकिएकोमा हाल सम्म फरार थारु जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले मिति २०७८।०६।११ गते पक्राउ गरेको छ ।