
दीपिका सबैभन्दा राम्रो अभिनेत्री मध्ये एक हुन् जसको फ्यान फलोइङ संसारभर रहेको छ। यस भन्दा पहिले पनि उनले आफ्नो कलाका कारण धेरै पुरस्कार जीतेकी छिन्।
यस अवार्डको लागी बराक ओबामा, जेफ बेजोस, क्रिस्टियानो रोनाल्डो सहित दुनिया भर बाट ३००० भन्दा बढी प्रभावशाली सेलेब्सको नामांकन भएको थियो।
यसअघि दीपिका गत महिना जारी भएको एसियाको सबैभन्दा प्रभावशाली महिलाहरुको सूचीमा समावेश भएकी थिइन्। यस सूचीमा, दीपिका टिभी र फिल्म वर्ल्डको श्रेणीमा शीर्ष स्थानमा रहेकी थिइन्।