श्री एयरलाइन्सको विमान रनवेमा चिप्लियो

News

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको 431-विमान रनवेमा चिप्लिएको छ । विमान माइनर इस्केप मात्रै भएको श्री एयरलाइन्सले लोकपथलाई बताएको छ ।

नेपालगञ्जका लागि उडान भर्ने क्रममा विमान ‘ट्रयाक्सी गर्ने’ क्रममा रनवेमा चिप्लीएको थियो । अहिले विमानलाई रनवेबाट निकालीएको छ । विमानमा केही क्षेती भए नभएको विवरण भने आउन बाँकी छ ।

विमान धावनमार्गबाट हटाइएपछि अन्य उडान भने सुचारु रहेको छ ।