शिव परियारले ‘पिउन सुरु गरेपछि…’ ल्याउँदै

Entertainment

काठमाडौं । शिव परियारको ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ को अपार सफलतापछि गायनमा पिउने र पिलाउने श्रृङ्खलाको अर्को गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ सार्वजनिक हुने भएको छ । इम्प्रेसन्स इन्टरटेनमेन्टले दशैंलाई लक्षित उक्त गीतलाई बजारमा ल्याउन लागेको हो । नृत्य निर्देशक कविराज गहतराज र छायांकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्ल्याटिनियममा सोमबार उक्त गितको छायाङ्कन सम्पन्न भएको छ । रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा पुष्प खड्काका साथमा टिकटक स्टार्स, अन्जली लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहनेछ । मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भइरहेको यो गीतले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निर्माण पक्षको दाबी रहेको छ ।