अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनतिर पाइला चालेका छन् । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मबारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो ।
फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द सृजनन, सुभाष भुसालको संगीत तथा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । भिडियोमा आकाश र प्रमिला फिचर्ड छन् भने गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ ।
फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् ।