टेकुस्थित कनक पेट्रोलपम्पमा विष्फोट, दुई घाइते

News

काठमाडौँ – टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतले जानकारी दिएको छ ।

घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह रहेका छन्। पेट्रोलपम्पमा वेल्डिङको काम गर्ने क्रममा जमिनमुनि रहेको ट्याङ्कीको मुखमा जमेको ग्यास लिक हुँदा उक्त विष्फोट बताइएको छ।