तीन वर्षको सहकार्यलाई तिलान्जली दिंदै जनता समाजवादी पार्टी (जसपा)मा उपेन्द्र यादव र डा.बाबुराम भट्टराई बीच डिभोर्स भएको छ ।

यसका साथै डा.बाबुराम भट्टराई पुन: एक पटक न घरका न घाटका !!!
२६ वैशाख २०६६ मा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर जनता समाजवादीको निर्माण भएको थियो तर शायद नेपाली जनताको पुर्पुरोमा समाजवाद लेखेको छैन र अब जनता एकातिर समाजवादी अर्का तिर । बीरगंज र काठमाडौँ दुवै सहरमा यादब र भट्टराई गुटका लाल बुझक्कड नेताहरु एक अर्कालाई अन्तिम पटक कत्ति खुइलाउन सकिन्छ त्यसको जोड-तोड तयारीमा छन् ।
बाबुराम द लिजेण्ड
बाबुराम भट्टराईको जन्म वि।सं। २०११ साल असार ४ मा गोरखा जिल्लाको वेलवास गाउँमा भएको हो। जन्मिदै रेडिकल पोभरर्टीसंग मितेरी गाँसेका भट्टराई मेधावी प्रतिभाका धनी भएर निस्के। गरिबी र अभावले भट्टराईको ट्यालेन्टलाई रोक्न र छेक्न सकेन, २०२६ सालको एस.एल.सी परीक्षामा उनी बोर्ड प्रथम भए । आइ.एस्सीमा पनि बोर्ड फर्स्ट हुँदै पि.एचडी दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय बाट गरे …
बाबुरामको पोलिटिकल टाईमलाइन :
०३७ सालमा मोहनविक्रम सिंहबाट कम्युनिस्ट पार्टीको सदस्यता : कहिले मसाल कहिले चौम
०४६ सालको जनआन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चामा नेतृत्व
०४६ पछी भट्टराई र सिंह बीच दुरी ‘विद्रोही मसाल’ गठन प्रचण्ड संग दोस्ती
०४८ को आम निर्वाचनमा संयुक्त जनमोर्चाबाट चुनाबी मैदानमा प्रतिनिधिसभामा ९ सिट हासिल
०४८ मंसिरमा चितवनको माडीमा तत्कालिन टुक्रे कम्युनिस्ट पार्टी बीच एकता महाधिवेशन
०५१ सालको मध्यावधि निर्वाचन जनमोर्चाद्वारा बहिस्कार
०५२ फागुन १ गते जनयुद्ध सुरु
२०६२ मा चुनवाङ बैठक- बाबुराम हाउस अरेस्ट्मा – श्रम शिबिरको जात्रा
०६२ मंसिरमा १२ बुँदे श्याम शरण र बाबुरामको सक्रिय भूमिका
०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता र माओवादी युद्ध अन्त्य
०६४ सालमा संविधानसभा निर्वाचनमा गोरखाबाट सबैभन्दा बढी मतान्तरका साथ निर्वाचित
२०६५ प्रचण्ड नेतृत्वको पहिलो सरकारमा बाबुराम सफल अर्थमन्त्री
२०६८।५।१२ देखि २०६९।११।३० सम्म नेपालका ३५ औ प्रधानमन्त्री
२०६९ जेठ १५ गते पहिलो संविधानसभा भंग
२०७० मंसीर ४ मा संविधानसभा निर्वाचन र गोरखाबाट निर्वाचित
०७२ असोज ९ गते सांसदबाट राजीनामा माओवादी पार्टी परित्याग
०७३ जेठ ३० मा नयाँ शक्ति पार्टी घोषणा०७४ को निर्वाचनमा गोरखाबाट निर्वाचित
०७६ बैसाख २३ मा गोरखाबाट निर्वाचित
०७६ बैसाखमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम बीच एकता

बाबुरामका नया विकल्प :
१. वैकल्पिक राजनीतिक शक्ति निर्माण
२. नया पार्टनर खोज्दै पुन: एकता अभियान
३. सक्रिय राजनितीबाट सन्यास
के पुरानो तरिकाले नयाँ शक्ति बनाउन सफल होलान अथवा बाबुरामको डाउनफ़ल निश्चित?? कस्तो हुने छ विद्वान नेताको आगामी भविष्य ? प्रतिक्रिया दिनुहोस्
(झट्का मास्टर !)