हिमालयन बैंक: जोर का झट्का धीरे से !

Economy

“मुझको राणा जी माफ़ करना गलती म्हारे से हो गई”

सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेको ग्रयाण्ड डिजाइन र राष्ट्र बैंकको कारवाहीको दोहरो मारमा परेपछी शायद आज साँझ हिमालय शमशेरका अगाडी हिमालयन बैंकको सिईओ अशोक शमशेर राणा यो गित सुनाउछन् होला ! हिमालयन र सिभिल बैंकको मर्जरको च्याप्टर क्लोज भनिएता पनि खेलको पासा पल्टीएको छ।

टियुजडे नाइट हाइ-भोल्टेज ड्रामा

मंगलबार लेट नाइट नयाँ ड्रामा एपिसोड़ शुरु भयो, मर्जरमा अडियल हिमालयन बैंकलाइ सिभिल बैंक लाइनमा ल्याउन सफल भयो। हिमालयनले पेल्न मात्रै खोज्यो त्यसैले च्याप्टर क्लोज भन्ने प्रतापजंग पाण्डेले अशोक शमशेर राणा एंड कम्पनीलाई जोरका झट्का धीरे से दिएका छन् । सोहि अनरुप आज दुइ बैंक बीच ‘लभ न हेट’ का बीच मर्जर सम्झौता भएको छ। हिमालयनले सिभिललाई प्रति सेयर ८१ रुपैयाँ दिने,कर्मचारीहरुको समायोजन दुवै बैंकबीच बराबरीको हैसियतमा हुने भएको छ।

सिभिलको एक सेयरका लागि ३५ रुपैयाँ मात्रै दिने प्रस्तावबाट सुरु भएको हिमालयन बैंकको नेगोसिएसनले व्यfक फायर गर्यो र प्रतिसेयर ८१ रुपैयाँ दिने बाध्य भयो। शायद त्यसैले बुढापाकाले भन्ने गरेको ‘बाठा ले खान्छन ४ बल्ड्याङ’ !

नया इक्वेसन : बैंकको सिईओ अशोक शमशेर राणा, डेपुटी सिईओ सुनिल पोखरेल , गेम ओभर !

आजभोली देशमा मर्जरको सिजन छ :
आजभोली देशमा बैंक तथा वित्तीय संस्थाहरुको मर्जरको सिजन चलेको छ। साना-ठुला सबै बैंक आ-आफ्नो जोडी खोज्दै जोडा मिलाउदै आएका छन्। बिहेको लागी दुलहा-दुलही खोजे भन्दा सास्ती को पो हुन्छ यो बैंक को मर्जर – शान, सौकत, खानदान देखी लेनदेन हिसाब मिलाउन पर्यो। अर्बौ कमाउने सिपालुहरुलाई मर्जर ठुलो बाध्यात्मक बन्धन हो – राष्ट्र बेंकले मर्जर नीति र नगरे पेनाल्टीको डण्डा ठड्याएकै हुनाले बेंकहरु मर्जरको मिलोमतोमा छन् ।

मर्जर किङ्ग नबिल
मर्जर किङ्ग को रुपमा नबिल बैंक देखा परेको छ, हाल सम्म यसमा वटा बैंक तथा वित्तीय संस्थानहरु मर्जर भैसकेका छन। बजारमा जोक समेत चलेको छ नबिल बैंकले अब रेस्टुरेन्ट, बार पनि मर्जर गर्छ की भनेर ?


हाल सालै नेपाल बंगलादेश बैंकसंग मर्जर फत्ते गरी २७ असार सोमबारबाट नबिलले एकीकृत कारोबार समेत शुरु गरीसकेको छ। दुवै बैंकको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो । १००ः ४३ स्वाप अनुपातमा भएको यो बिग मर्जर पछी बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ भएको छ।

मर्जर लोन्ली : ओन्ली हिमालयन
देशकै ठूलो बैंक बन्ने घोषणा सहित सुरु भएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच ३० वैशाख २०७८ मा भएको मर्जर सम्झौता गत पुस ३० गतेको हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको विशेष प्रस्ताव अस्वीकृत सम्झौता भंग भएको थियो।

इन्भेष्टमेन्ट बैंकसँग माछा-माछा भ्यागुतो !!!


हिमालय शमशेर, हिमालयका छोरा अशोक शमशेर र इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र ज्योति प्रकाश पाँडे बीचको लभ एंड हेट, पर्सनालिटी तसल देखी बिजनेश ड्राइभिंग ड्रिमले पनि यो मर्जर माछा-माछा भ्यागुतो हुन् पुग्यो।
देशकै ठूलो बैंक बन्ने घोषणा सहित सुरु भएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक बीच ३० वैशाख २०७८ मा भएको मर्जर सम्झौता गत पुस ३० गतेको हिमालयन बैंकको साधारणसभाले मर्जरको विशेष प्रस्ताव अस्वीकृत गरे पश्च्यात सम्झौता भंग भएको थियो।

करिब ९ महिना चलेको मर्जर अफेयर लास्टमा बिग ट्रयाजेडी
कर्मचारी संचयकोष, एन ट्रेडिङ कम्पनी, छायाँ इन्टरनेशनल लगायतका बिग शटहरुको बिहाइण्ड द वाल गेम पानी राम्रै भए। हबिब बैंक, म्युचुअल ट्रेडिङ कम्पनी, आभा इन्टरनेसनल र खेतान समूह मर्जरको पक्षमा रहेका थिए भने संचय कोष, एन ट्रेडिङ कम्पनी र छायाँ इन्टरनेसनल विपक्षमा रहँदै आएका थिए।, मुर्गा बने हिमालय शमशेर, हिमालयका छोरा अशोक शमशेर राणा र सिंगो हिमालयन बैंक। करिब ९ महिना चलेको मर्जर अफेयर लास्टमा बिग ट्रयाजेडीमा पो कन्भर्ट भो !!

सिभिल बैंकको लभ, हेट एण्ड धोका !
किस्मत कनेक्सन भन्छन नी ! एकपटक अर्को लभ, हेट एण्ड धोका पायो बिचरो जेन्टल हिमालयन बैंकले, मर्जरको सम्झौता गर्ने मिति नै तोकेका हिमालयन र सिभिल बैंकबीचको मर्जर खाता खोल्नु अघि नै चेक बाउन्स्डमा परेको थियो तर अन्त्यमा भने चमत्कार नै भयो।

टियुजडे नाइट हाइ भोल्टेज ड्रामा

ट्यक्टिकल डिल डिजाइनर सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले आफ्नो पोजिस्निंगमा कम्रोमाइज गरे तर बैंकको दिग्निती र फिनान्सियल भ्यालुको मास्टर स्ट्रोक खेले र डेड गेम आलाइभ भो !
अन्ततः हिमालयन र सिभिल बैंकको बुधबार विथ स्माइलिङ्ग फेसेसका साथ मर्जर सम्झौता सम्पन्न !

ए ए सुन्नुस त्, सुन्नुस त् … यो फाइनल मर्जर चाही भएको हैन नी, मर्जर सम्झौता सम्पन्न भएको लफडा अझै बाँकी छ !!! इन्स्टाखबरमा झट्का मास्टरले क्रन्ची-मंची न्युज लिएर आउने छ ! प्रतिक्षा गर्नुस है !!!

– झट्का मास्टर