विधुत उत्पादन गृह भत्किंदा तीनको मृत्यु

News

हुम्लाको हिमा गाउँपालिका- १ आचार्यलिहीमा बिधुत उत्पादन गृह भत्किएको छ ।

घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलबिधुत आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको ज्यान गएको हो ।

प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो ।