भारत सरकारले गहु, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने कुरा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् ।
नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा बिहिबार उहाँको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरिएको औपचारिक भेटवार्तामा सो कुरा बताएका हुन्।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको भारतसंगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको कुरा ध्यान आकर्षण गराएका थिए।
राजदूुत श्रीवास्तवले गैर भंसार अवरोधका सम्बन्धमा महासंघले राखेका गुनासाहरू तर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यस प्रकारको अवरोध भएको आफूलाई थाहा नभएकाले त्यस्ता समस्या छन् भने आफुले समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए।