जेनिफर लोपेज र बेन एफ्लेक बाँधिए विवाह बन्धनमा

Entertainment

हलिउड स्टार जेनिफर लोपेज र बेन एफ्लेकले विवाह गरेका छन् । लोपेजले आफूले विवाह गरेको कुराको जानकारी दिएकी छिन् । उनीहरुले लस भेगासमा आफ्नो विवाह सम्पन्न गरेका हुन् ।

लोपेजको हेयरड्रेसर क्रिस एप्पलटनले उनको विवाहको पोशाकमा भिडियो इन्स्टाग्राममा सेयर पनि गरेका थिए । उनीहरूको विवाह पछि आफ्नो नयाँ विवाहको औंठी लगाएर फाेटाे सेयर पनि गरेकी छिन् ।