फनपार्क सञ्चालकको टोली पुग्यो काठमाडौं महानगरपालिकाको राजस्व विभाग

Economy

काठमाडौंको भृकृटीमण्डपस्थित फनपार्क सञ्चालकको टोली काठमाडौं महानगरपालिकाको राजस्व विभागमा पुगेको छ । महानगरले २४ घण्टाभित्र राजस्व बुझाउन ‘अल्टिमेटम’ दिएपछि बिहीबार टोली विवरण लिएर विभागमा पुगेको हो ।

महानगरपालिका राजस्व विभागका प्रमुख शिवराज अधिकारका अनुसार फनपार्क सञ्चालकले ६ वर्षयता महानगरलाई कर तिरेका छैनन् । उनका अनुसार फनपार्क सञ्चालकले व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर तिर्न बाँकी छ ।

काठमाडौं महानगरपालिका–२८ स्थित समाजकल्याण परिषद्को जग्गा भाडामा लिएर फनपार्क सञ्चालन गरिएको छ । सुरुमा सम्झौता विवरण, गतिविधिहरू हेरिने अधिकारीले बताए ।