निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल निर्वाचनपछि पनि रहने गरी कानुन संशोधन गर्न उपयुक्त नहुने बताएको छ । सरकारले हालै मात्र प्रतिनिधिसभा र प्रदेशसभाको कार्यदल निर्वाचन भएर आउने संसदको पहिलो बैठक नबस्दासम्म कायम रहने गरी केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक ल्याएको छ । आयोगले यसको विरोध गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदशे सभाको कार्यकाल कहिले प्रारम्भ हुन्छ भन्ने प्रष्ट व्यवस्था नभएको र प्रत्येक सदस्य निर्वाचित भएको आधार मानेर गणना गर्दा फरक फरक मिति पर्ने भएकाले पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधिको अवधि गणना गर्नु व्यावहारिक हुने निष्कर्षसहित निर्वाचन मिति प्रस्ताव गरेको आयोगले बताएको छ । अहिले निर्वाचनको तयारी भइरहेको बेला कानुन संशोधन गर्नु उपयुक्त नभएको आयोगले धारणा छ ।